ad विश्व ad ad ad आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् : राष्ट्रपति जेलेन्स्की

  • फागुन २१, २०७८ | ४५४ पटक पढिएको | सीमा संदेश
alt

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनले गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको बीबीसीमा उल्लेख छ। तर युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

यो निर्णय लगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य गठबन्धन नेटोको कडा आलोचना गर्नुभएको छ । नेटोले नियतवश युक्रेनको आकाश प्रतिबन्धित गर्न नचाहेको र यसबाट आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् भन्ने सावित भएको उहाँको टिप्पणी छ । उहाँले युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि नजोगिने चेतावनी समेत दिनुभएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबैभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब