तीनपटक राष्ट्रपति जेलेन्स्कीको हत्या प्रयास

  • फागुन २१, २०७८ | ५३८ पटक पढिएको | सीमा संदेश
alt

किभ । युक्रेनको टेलिभिजनमा विदुषकको भूमिका निभाउँदा निभाउँदै राष्ट्रपति बन्न पुगेका भोलोदिमिर जेलेन्सकी गत साता युद्ध शुरु भएयता कम्तिमा तीनपटक विशेष सुरक्षादस्ताको ज्यान लिने प्रयासबाट बच्न सफल भएको युक्रेनी अधिकारीहरुले शुक्रवार बताएका छन् । साथै रुसी जासुसहरुकै सूचनाको कारण उनको ज्यान बचेको पनि अनौठो प्रसंग सार्वजनिक भएको छ ।
 
अमेरिकी अखवार वासिंगटन पोस्टका अनुसार युक्रेनको राजधानी किभका विभिन्न गहिरा बंकरमा लुक्दै आएका राष्ट्रपति जेलेन्स्कीको हत्याका लागि क्रेमलिनको आर्थिक सहयोग प्राप्त वाग्नर ग्रुप मर्सनरिज र चेचेन गणतन्त्रका नेता राम्जान आखमादोभिच कादिरोभका कुशल एवं तालिम प्राप्त टोली खटिएका थिए । चेचेन नेता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी तथा समर्थक हुन् ।
 
पुटिनका भान्से येभ्गेनी प्रिगोझिन ए.के.ए.द्वारा संचालित वाग्नर मर्सनरिजसँग जेलेन्स्कीलगायत हत्या गरिनुपर्ने २४ जनाको नाम सूचि रहेको तर किभ वरपर तैनाथ युक्रेनी फौजका सशक्त प्रतिकारका कारण रुसी विशेष फौजलाई हत्याको मिसन सकाएर भाग्ने मार्ग ठम्याउन कठिन भएको दि टाइम्स अफ लन्डनले जनाएको छ ।
 
युक्रेनी राष्ट्रिय सुरक्षा प्रमुख आलेक्सि दानिलोभले युक्रेनी टेलिभिजन नेटवर्कलाई भनेका छन्, “रुसी संघीय सुरक्षा सेवा (एफएसबी) का डबल एजेन्टहरुले ति हत्या प्रयासबारे हामीलाई चेतावनी दिएका थिए । यस हत्याकाण्डमा भाग लिन अनिच्छुक एफएसबीबाटै यसको सूचना पाएको म दावाका साथ भन्न सक्छु । धन्न हाम्रो राष्ट्रपतिको हत्या गर्न आएको कादिरोभका शक्तिशाली टोलीलाई नष्ट गरियो ।”डेली बिस्ट

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब