आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै : नेतृत्व तहमा महिलाको सङ्ख्या कम तर उदारणीय काम

  • फागुन २४, २०७८ | ५०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।

नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पछि अहिले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि चुनावमा थप आरक्षणको व्यवस्था गरिएको छ ।

महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

सङ्ख्यात्मक रूपमा नेतृत्व तहमा पुग्ने महिला कम भए पनि विकास निर्माणसँगै सामाजिक विकृति रोक्न र महिलाका पक्षमा उनीहरूले उदाहरणीय काम गरेका छन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्व छ ।

नेतृत्वमा पुगेकाहरु काममा प्रतिबद्ध छन् भने उनीहरू सुशासनमा पनि अब्बल देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जनप्रतिनिधिको साढे चार वर्षको कार्यकालमा भ्रष्टाचार र अनियमितताका घटनामा महिला जनप्रतिनिधिको संलग्नता शून्य छ ।

२० हजार जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी परेका छन् भने ३९ जनाविरुद्ध  भ्रष्टाचार तथा अनियमितताको मुद्दा नै चलाइएको छ । तर, त्यसमा एकजना पनि महिला परेका छैनन् । महिला प्रमुख भएका स्थानीय तह मितव्ययी पनि देखिएका छन् ।

यसैबीच, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले  शुभकामना दिँदै महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद रोक्न प्रतिबद्ध रहेको बताएका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब