सप्तरीमा आगलागी हुँदा १३ घर जले

  • फागुन २९, २०७८ | ६४५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ ।

खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।

आगलागीले ९ वटा बाख्रा जलेको छ । प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको छ ।

आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर नियन्त्रणमा लिएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब