होलीमा जबरजस्ती रंग दल्नेलाई प्रशासनले कारबाही गर्ने

  • चैत २, २०७८ | ४४२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  होली पर्वमा हुन सक्ने अवाञ्चित गतिविधि र इच्छा विपरीतका कार्यलाई रोक्न सिरहा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजना अन्तर्ग विशेष टोली परिचालन गरी जाँच र सूचना संकलन गर्न सदा पोशाकका प्रहरी ठाउँ- ठाउँमा परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवाष बुढाथोकीले बताएका छन्  । 
जिल्ला प्रशासन कार्यालय सिरहाले मर्यादित र सभ्य ढंगले होलीरफागु पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै होलीरफागु मनाउने क्रममा कानून विपरितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । होलीरफागुमा जवरजस्ती रंग दल्ने, लोला हान्ने, पानीले छ्याप्ने जस्ता अमर्यादित र उच्छृंखल गतिविधि गर्ने व्यक्तिलाई कडा कानूनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी लालबावु कँवाडीले जारी गरेको सूचनामा होली मनाउने बाहनामा कसैको इच्छा विपरित जवरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता अमर्यादित, गैर्‍हकानूनी र उच्छ्रृंखल किसिमका कुनै पनि गतिविधि नगर्नरनगर्न भनिएको छ । प्रशासनले मर्यादित र सभ्य ढंगले मनाएर होलीरफागुको धार्मिक एवं साँस्कृतिक महत्व सिद्ध गर्न अनुरोध गरेको छ ।

यस वर्ष पहाडी जिल्लामा ३ चैत र तराईका जिल्लामा ४ चैतमा होलीरफागु मनाइदै छ । “यस पर्व मनाउने बाहनामा कसैको इच्छा विपरित जवरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता कार्य प्रचलित कानून विपरित हुन् । यस्ता कानून विपरितका कुनै पनि गतिविधि नगर्नरनगराउन जानकारी गराइन्छ,” सूचनामा भनिएको छ, “कोही कसैले होलीरफागु पर्वको नाममा यस्ता कानून विपरितका गतिविधि गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने जानकारी गराइन्छ ।”

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब