महामूर्ख सम्मेलन डा भोगेन्द्र झा ‘महामूर्ख’ घोषित

  • चैत ४, २०७८ | ७४७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्ख घोषणा गरिएको छ । शुक्रबार जनकपुरधाममा मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु महोत्सवको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनबाट उपाध्यक्ष डा. झालाई महामूर्ख घोषणा गरिएको हो ।

हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ । यस कार्यक्रममा सहभागी सबै आ–आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित हुने गरेका छन् ।

मिनापले प्रत्येक वर्ष समाजमा विभिन्न माध्यमबाट योगदान पुर्याए वापत १० जनादेखि १७ जनासम्मलाई मूर्खको उपाधि दिँदै आएको छ । जसअनुसार ११ जनालाई मूर्खको उपाधि दिइयो । सो मध्येबाट पनि एक जनालाई महामूर्खको उपाधि दिइन्छ । महामूर्ख घोषित झालाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला तथा दोसल्ला ओढाएर सम्मानित गरियो ।

सो सम्मेलनबाट प्रदेशसभा सदस्य मञ्जु यादवलाई मूर्खको अदल बदली उपाधि, नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरका नगर उपसभापति राकेश बिक्रम साहलाई टिटही उपाधि, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी उपाधि, मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख उपाधि प्रदान गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश उपाधि, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख उपाधि, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट उपाधि, जनकपुरधाममा मिथिला चित्रकलाको शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड उपाधि, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द उपाधि र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको छ ।

दुई दिनसम्म चलेको महोत्सवमा धनुषा र महोत्तरीका गाउँबाट १० वटा डम्फा समूह पनि सहभागी भएका थिए । ती समूहहरूबीच होरी गीत गायन, डम्फा बादन तथा जोगिडा गायनको प्रतिस्पर्धा भएको थियो । विजयी तीन समूहलाई पुरस्कार तथा अन्य समूहलाई प्रशंसापत्र प्रदान समेत गरिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब