मधेश कै पहिलो टोकन प्रणालीमा सेवा सुरु गरेको जिल्ला प्रशासन कार्यालय सिरहा

  • चैत १४, २०७८ | ५३२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मधेश प्रदेशमा पहिलो पल्ट सिरहामा सेवाग्राहीलाई सुविधाका लागि टोकन प्रणली लागु गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिरहामा टोकन प्रणाली सुरु भएको छ ।

दिनहुँ हुने गरेको भीडभाड नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउन आइतबारदेखि टोकन प्रणाली सुरु गरिएको हो । नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन टोकन प्रणाली जडान गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । ‘कार्यालयबाट उपलब्ध सेवालाई सहज र व्यवस्थित गर्न टोकन प्रणालीको थालनी गरिएको हो ,र यस प्रणालीले एका तर्फ जनताको गुनासोमा समेत कमी आउने छ ।

’उनले भने । दैनिक चार सय सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने र अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको उनले प्रष्ट पारे । टोकन प्रणाली अनुसार आफ्नो पालोमा सेवाग्राहीले सेवा पाउनुका साथै कार्यकक्षको झ्याल अगाडि अनावश्यक भीड कम हुँदै जाने विश्वास समेत उनले व्यक्त गरे ,।

टोकन प्रणाली मार्फत सेवा सञ्चालन गर्न धनगढीमाई नगरपालिकाले टोकन मेसिन सहयोग गरेको छ। धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले एक कार्यक्रमबीच टोकन मेसिन जिप्रका सिरहालाई हस्तान्तरण गरेका थिए । टोकन प्रणाली लागु भएपछि जिल्लावासीमा नयाँ उत्साह थपिएको छ । टोकन नहुँदा सर्वसाधारणहरुले विभिन्न किसिमको समस्याहरु भोग्दै आएका थिए ।

277204453_672592160671753_3590599363804772016_n

यस्तै जिल्ला प्रशासन कार्यालयको भवन अभावका कारण सेवा दिन हुने असहजतालाई व्यवस्थित बनाउन सिरहा नगरपालिकाले दुई कोठे भवन निर्माण गरी मेयर असेश्वर प्रसाद यादबले उद्घाटन गरी हस्तान्तरण गरको छ । उक्त भवनमा राष्ट्यि परिचयपत्र वितरण शाखाको रुपमा प्रयोग गरिएको छ ।

सेवा लिन आउने सेवाग्राहिहरुका मोवाइल चार्ज गर्ने असहजतालाई सहज बनाउनका लागि नेपाल टेलिकमले दुई वाटा चार्ज मेसिन  जडान गरको छ  ।  सेवाग्राहीहरुलाई विश्रामका लागि सखुवान्नकारकट्टी गाउँपालिकाले ट्ष्ट निर्माण गरेको छ । 
सेवाग्राहिहरुलाई गर्मिमा हुन सक्ने समस्यालाई ध्यानमा राखि विश्राम स्थाललाई सुविधा सम्पन बनाउन सिरहाका व्यपारी संतोष अग्रवालले पंखा  सहयोग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी काँवाडीको समन्वयकारी भुमिकाका करण विभिन्न सुविधा जुटाई  सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिन वातावरण बनेमा सेवाग्राही खुशी भएका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब