स्थानीय तह निर्वाचन सिरहाबाट २६ दलले निर्वाचनमा भाग लिने

  • चैत १६, २०७८ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सिरहाबाट २६ दलले भाग दिने भएका छन् । सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिनुभयो । राष्ट्रिय छ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन् ।

यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । प्रवक्ता पौडेलका अनुसार मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँच/पाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् ।

आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । तीमध्ये ताप्लेजुङमा नौ, पाँचथरमा आठ, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने जानकारी उहाँले दिनुभयो ।

यसैगरी, दोलखा १६, रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, गोरखा १८, लमजुङ १२, तनहुँ १७, कास्की २५, मनाङ पाँच, मुस्ताङ पाँच, पर्वत १४, स्याङ्जा १३, म्यादी १४, बागलुङ १३, नवलपरासी (पूर्व) १६, नवरपरासी (पश्चिमं) २१, रुपन्देही ३२, कपिलवस्तु २१ र पाल्पा नौ दलले निर्वाचनमा भाग लिँदै छन् ।

अर्घखाँची ११, गुल्मी ११, रुकुम (पूर्व) सात, रोल्पा सात, प्यूठान नौ, दाङ २१, बाँके २३, बर्दिया २०, रुकुम (पश्चिम) सात, सल्यान सात, डोल्पा पाँच, जुम्ला आठ, मुगु नौ, हुम्ला नौ, कालिकोट १४, जाजरकोट सात, दैलेख आठ, सुर्खेत १९, बाजुरा नौ, बझाङ सात, डोटी नौ, अछाम १०, दार्चुला १०, बैटडी १०, डडेलधुल्ला १०, काञ्चनपुर १९ र कैलाली २३ दल रहेका छन् ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त छ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने निर्णय गरेको छ ।

देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठान पाउने भएका छन् ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जनाएको छ ।
त्यस्तै, निर्वाचन प्रयोजनाका लागि यही चैत १५ गतेदेखि कल सेन्टर ९११०२० प्रयोगमा आउने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यसैगरी, निर्वाचनमा मतपत्र जनक शिक्षा सामाग्री केन्द्रबाट छपाइ गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सो निर्णय बमोजिम केन्द्रलाई जनशक्ति, छपाइ र छपाइ मेसिन लगायतका पूर्वधार तयारी अवस्थामा राख्न निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब