पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

  • चैत २७, २०७८ | ७८० पटक पढिएको | सीमा संदेश
alt

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । 

उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई उल्टाएको थियो  । जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो। त्यससँगै अविश्वास प्रस्तावमाथिको छलफलको बाटो पुनः खुलेको थियो ।

संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘ हामी कसैसँग बदला लिँदैनौँ । कानुनले आफ्नो काम गर्छ ।’

अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बैलावाल भुट्टोले अप्रिल १० अर्थात आजको दिनको ऐतिहासिक महत्त्व भएको बताए । उनले सन् १९७३ को अप्रिल १० मा सदनले संविधान पारित गरेको स्मरण गराए । उनले भने, ‘पुरानो पाकिस्तानमा तपाईंलाई स्वागत छ ।’ 

पूर्व क्रिकेटर खान अगस्ट १८, २०१८ मा पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएका थिए । पाकिस्तान निकै राजनीतिक अस्थिरता हुने देशमध्ये एक मानिन्छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब