३६५ दिनमा १५६ दिनभन्दा बढी सार्वजनिक बिदा

  • वैशाख १५, २०७९ | ५७७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै अब वर्षको ३६५ दिनमध्ये करिब २१० दिन मात्रै सरकारी कार्यालय खुल्ने भएको छन् । वर्षमा करिब ५२ दिन हुँदै आएको साप्ताहिक बिदा अब करिब १०४ दिन पुग्नेछ ।

त्यसबाहेक सरकारले दिने विभिन्न  धर्म, समुदाय, क्षेत्रमा दिने सार्वजनिक बिदासमेत जोड्दा करिब १५६ भन्दा बढी दिन सरकारी सेवा बन्द हुने अवस्था आएको छ । सरकारले कार्य घण्टा बढाएर क्षतिपूर्ति गर्न खोजेपनि पनि कार्यालय बन्द हुने दिन ठूलो मात्रामा बढेको छ ।

संघीय सरकारले देशभर सबैलाई लागू हुने गरी घोषणा गरेको विदाको संख्या मात्रै ३३ छ । सरकारले प्रकाशित गरेको राजपत्र अनुसार २०७९ मा मुलकुभरि १५ दिन पर्व बिदा तोकेको छ । यसमाथि दशैंका लागि ६ दिन र तिहारका लागि ५ दिन विदा दिइएको छ ।

विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र महिला दिवस गरी पाँच कार्य दिनमा पनि सबैतिर विदा हुन्छ । बुद्ध जयन्तीमा पनि सबैका लागि सार्वजनिक विदा हुन्छ । राष्ट्रिय एकता दिवसमा कतिपय सरकारले सार्वजनिक विदा समेत घोषणा गर्ने गरेको छ ।

विदा नदिइएपनि निजामती दिवस, सहीद दिवस र राष्ट्रिय छुवाछुतविरुद्धको दिवस पनि देशव्यापी रुपमा मनाइने गरी तोकिएको छ ।

धर्म, समुदाय र ठाउँ विशेष पनि ठूलो संख्यामा विदा दिइन्छ । प्रदेश सरकारहरुले सम्बन्धित प्रदेशमा दिनसक्ने ६ दिनको विदालाई जोड्ने हो भने वर्षमा त्यस्तो विदा १९ वटा पुग्छ ।

तराई र पहाडका लागि फागु पूणिर्मामा छुट्टा-छुट्टै दिन विदा दिइएको छ । नेवार समुदायको गाईजात्रा, गौरा पर्व, मोहम्मद जयन्ती, सरुवा पावनीको दिनमा समुदाय विशेष विदा छ । महिलाहरुका लागि तीज र जितिया पर्वको विदा छ । शिक्षण संस्थाका लागि वसन्त पञ्चमीमा विदा हुन्छ ।

काठमाडौंमा गाईजात्रा, इन्द्रजात्रा, मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्रामा विदा छ । अपांगता भएकाहरुका लागि पनि अन्तर्राष्ट्रिय अपांग दिवसवमा विदा दिइन्छ । फाल्गुनानन्द जयन्ती, र गुरु नानकको जन्म जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीले विदा पाउँछन् ।

प्रदेशहरुले घोषणा गर्नसक्ने थप ६ दिनको विदा पनि संघयि सरकार अन्तरगतका कार्यालयमा लागू हुन्छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब