३ सय ५३ जना निर्विरोध सबैभन्दा बढी गठबन्धनबाट निर्वाचित

  • वैशाख २१, २०७९ | ४७३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म ३ सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार विभिन्न पदमा गरी निर्विरोध निर्वाचित भएका ३ सय ५३ जनालाई निर्वाचनको नतिजा निस्किएपछि निर्वाचित हुनेहरूसँगै प्रमाणपत्र प्रदान गरिनेछ ।

निर्विरोध हुनेहरूमा अधिकांश सत्ता गठबन्धनबाट उम्मेदवारी दिनेहरू रहेका छन् । सत्ता गठबन्धनतर्फ १ सय ९० जना निर्विरोध भएका छन् । नेपाली कांग्रेसले १ सय १ पदमा जितेको छ । नेकपा माओवादी केन्द्र ५४, नेकपा एकीकृत समाजवादी ३४ र जसपा १ पदमा निर्विरोध भएको आयोगले जनाएको छ । यस्तै नेकपा एमाले १ सय २३ पदमा निर्विरोध भएको छ ।

नेकपा एमालेले १ अध्यक्ष र २ उपाध्यक्ष निर्विरोध जितेको छ । त्यसै गरी एमालेले १४ वडाध्यक्ष, २६ वडा सदस्य, २३ महिला सदस्य र ५७ जना दलित महिला सदस्य पद निर्विरोध जितेको छ । कांग्रेसले १ उपाध्यक्ष निर्विरोध जितेको छ भने १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य पद निर्विरोध जितेको छ ।नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन् भने ५ वडा सदस्य, ७ महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

नेकपा एकीकृत समाजवादीले २ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, ६ वडाध्यक्ष, १२ सदस्य, ७ महिला सदस्य र ६ दलित महिला सदस्य पद निर्विरोध जितेको छ । राप्रपाबाट २ जना वडा सदस्य निर्विरोध भएका छन् ।स्वतन्त्रबाट ६ वडाध्यक्ष, १६ वडा सदस्य, ८ महिला सदस्य र ४ दलित महिला सदस्य निर्विरोध भएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट १ महिला वडा सदस्य, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ दलित महिला सदस्य, जनता समाजवादी पार्टी १ दलित महिला सदस्य र नेपाल मजदुर किसान पार्टीबाट २ दलित महिला सदस्य निर्विरोध भएका छन् ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता र वैशाख १६ मा उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । यसपटक चुनावमा ३५ हजार २ सय २१ पदमा निर्वाचन हुनेछ भने निर्विरोध भएका पदमा चुनाव हुने छैन ।यसैबीच विभिन्न स्थानीय तहका १ सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था आएको जनाएको हो । केही हिमाली जिल्ला र काठमाडौं उपत्यकाका केही वडालगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब