सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ को वडाध्यक्षमा जसपाका नविन यादव विजयी भएका छन् ।
उनले निवर्तमान वडाध्यक्ष एवं नेकपा एमालेका राम औतार यादव (अवतारी)लाई पराजित गरेका हुन् । निर्वाचित वडाध्यक्ष यादवले ९१३ मत ल्याएका छन् ।
उनका निकटम प्रतिस्पर्धी एमालेका यादबले ८५० मत पाएका छन् । ६३ मतको अन्तरले बिजय भएको छ । जसपालाई नवराजपुरमा नेकपा एकिकृत समाजवादीले सहयोग गरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved