सिरहा, २ जेठ । सिरहा नगरपालिका वार्ड नम्वर-११ को अध्यक्षमा जनता समाजवादी पार्टीका बिनोद कामती विजय भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसलाई पराजित गर्दै उनी १ सय ३२ मत अन्तरले विजयी भएका हुन्।
कामतीले ६ सय ५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वि कांग्रेसले ५ सय २१ मत प्राप्त गरेका छन्।
कामती जसपा नेपालबाट निवर्तमान वडाअध्यक्ष पनि हो र दोस्रो कार्यकालका लागि पुन भारी मतले प्यानल सहित बिजय भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved