अहिलेसम्म कांग्रेस एक सयभन्दा धेरै पालिकामा विजयी : एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा

  • जेठ ३, २०७९ | ५२५ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । पालिका चुनाव–२०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ ।

कांग्रेसले अहिलेसम्म १८ वटा नगरपालिका र ८४ वटा गाउँपालिका गरी १०२ वटा पालिका जितेको छ । यस्तै ८७ वटा नगरपालिका र ८६ वटा गाउँपालिका गरी प्रमुख पदमा १७३ पालिकामा कांग्रेस अगाडि रहेको निर्वाचन आयोगको पछिल्लो विवरण छ । यस्तै कांग्रेसले १३ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्ष जितिसकेको छ ।

६६ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । कांग्रेसले अहिलेसम्म १४ सय वडाध्यक्ष, १३८७ महिला सदस्य, १३२५ दलित महिला सदस्य र २७३६ सदस्य पदमा जितेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४ वटा नगरपालिकाको मेयर र ५३ वटा गाउँपालिकाको अध्यक्ष गरी ५७ वटा पालिका प्रमुखमा जित निकालेको छ । ५९ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख गरी ११८ पालिकामा एमाले अगाडि रहेको छ ।

एमालेले ८ वटा नगरपालिकाको उपमेयर र ५२ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७१ वटा नगरपालिकाको उपमेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्षमा एमालेको अग्रता रहेको छ । यस्तै एमालेले १०५७ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले ११४६ महिला सदस्य, ११३१ दलित महिला सदस्य र २३२१ सदस्यहरु जितेको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ३ वटा नगरपालिकाको मेयर र ४१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र २२ वटा नगरपालिका र ४१ गाउँपालिकाको प्रमुखमा अघि रहेको छ । माओवादी केन्द्रले तीन नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

उपप्रमुखमा ३२ नगरपालिका र उपाध्यक्षमा ३६ गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ । माओवादी केन्द्रले ५९३ वडाध्यक्ष, ५५२ महिला सदस्य, ५७७ दलित महिला सदस्य र १०३९ सदस्य जितेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब