सिरहा । सिरहा निर्वाचन अधिकृतले भोट चोरी गरी नेकपा एमाले उमेदवारलाई जिताएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताद्धारा सिरहा बजार क्षेत्रमा विरुद्ध प्रर्दशन गरीरहेका छन् ।
सिरहा नगरपालिका वडा नं. १३ मा नेकापा एमालेको उमेदवार सचिन कुमार साहले ४ सय १५ र नेपाली कांग्रेसको उमेदवारले ४ सय २ मत प्राप्त गरेका छन । १३ मतको अन्तरले बिजय भएका नेकापा एमालेका उमेदवार साहले १५ भोट चोरी गरी जिताएको भन्दै सिरहा बजार क्षेत्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले टाइर बालेर विरुद्ध प्रर्दश गरी रहेका छन ।
अहिले मत गणना स्थाल बाहिर प्रहरी र प्रर्दशनकारी बिच झडप भईरहेको छ । मत गणना स्थल भित्र मत गणना कार्य भईरहको छ । बजार क्षेत्रका अवस्था तनाव ग्रस्त रहेको सीमा संदेश सहकर्मीले बताएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved