नवराजपुर गाउँपालिकामा जसपाको बहुमतको सरकार

  • जेठ ३, २०७९ | ६२६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टि नेपालले बहुमतको सरकार बनाउन सफल भएको छ । जनता समाजवादी पार्टिको प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र चार वटा वडा अध्यक्ष सहित  बिजयी भएका छन्।

अध्यक्षमा जसपाका शिव उदगार यादव ‘शिवा’ दुई हजार भन्दा बढी मतान्तरले विजयी भएका छन् । उनले ४ हजार ५ सय ५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहन प्रसाद यादव मात्र २ हजार ५ सय २५ मत प्राप्त गरको छ । कांग्रेस नेतृ एवं पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका भाई विश्वमोहन निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३ सय १८ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकै निवर्तमा उपध्यक्ष शोभा कुमारी यादव २ हजार ३ सय ८५ मत ल्याएकी छिन् ।

त्यस्तै वडा नं. १ मा नेकपा माऔवादी केन्द्रको उमेदवार राम औतार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार नविन  कुमार यादब बिजय भएका छन् । वडा नं. २ मा नेकपा एमालेको उमेदवारलाई पराजित गरी जनता समाजवादी पार्टिको सुरेश यादब बिजयी भएका छन् । वडा नं. ३ मा नेपाली कांग्रेसको उमेदवार निवर्तमान वडाअध्यक्ष इश कुमार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार बंशी लाल यादब बिजयी भएका छन् । वडा न. ५ मा नेपाली कांग्रेसको उमेदवार निवर्तमान वडाअध्यक्ष मनोज कुमार यादबलाई पराजित गरी जनता समाजवादी पार्टिको उमेदवार शिवनाथ यादब बिजयी भएका छन ।

गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाउन सफल भएको थियो । उक्त सरकारमा वडा नं. ४ निवर्तमान वडाअध्यक्ष मदन यादबले जनता समाजवादी पार्टिको उमेदवारलाई पराजित गरी पुनः निर्वाचित भएका छन् । वडा नं. ४ निवर्तमान गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादबको आफ्नै गाउँ हो ।

अब ५ वर्षको कार्यकाल जनता अपेक्ष अनुसारको सफल होस् शुभकामाना ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब