कर्जन्हा नपामा मेयर नेकपा एमालेका पोखरेल र उपमेयर राई बिजयी

  • जेठ ५, २०७९ | ५६९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ५ जेष्ठ। सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार भोला प्रसाद पोखरेल र उप–मेयरमा जनता समाजवादी पार्टी (जसपा), नेपालकी लक्ष्मी कुमारी श्रेष्ठ निर्वाचित भएकी छिन्। पोखरेल ३ हजर ८ सय ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धिहरु जसपाका केशव प्रसाद साहले ३ हजर २ सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा निवर्तमान मेयर गंगा पासवानले २ हजार ४ सय ८२ मत प्राप्त गरेका छन्।

उप–मेयर श्रेष्ठ ३ हजार ४ सय ८७ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेकपा एमालेकी निर्मला कुमारी देवी पासवानले ३ हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उप–मेयर ज्ञान कुमारी श्रेष्ठले २ हजार ४ सय ५६ मत प्राप्त गरेकी छिन्।

नगरपालिकाका जम्मा ११ वडाहरुमध्ये ५ वटामा नेकाप एमाले, ३ वटामा जसपा, एक÷एक ओटामा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन्।

नेकपा एमालेका तर्फबाट वडा नम्वर १ मा ३ सय २० मत सहित कनिन्द्र प्रसाद पोखरेल, २ मा ६ सय १३ मत सहित जगरनाथ यादव, वडा नम्वर ३ मा ४ सय ३६ मत सहित प्रकाश कोइराला, ९ नम्वर वडामा ३ सय ४६ मत सहित मो. मुस्तकिन र १० मा ४ सय मत सहित सागिर मियाँ निर्वाचित भएका छन्।

जनता समाजवादीका तर्फबाट वडा नम्वर ६ मा ६ सय २१ मत सहित प्रकाश मान श्रेष्ठ, वडा नम्वर ८ मा ५ सय ७३ मत सहित शम्भु कुमार व्यार सुडी र वडा नम्वर ११ मा ४ सय ६७ मत सहित किस्मत राई विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नम्वर ४ मा उम्मेदवारी दिएका प्रताप विश्वकर्मा ४ सय ३६ मत प्राप्त गरी निर्वाचित भएको छ। नेकपा एसका तर्फबाट वडा नम्वर ५ मा दिपक केसी २ सय ८० मत र वडा नम्वर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका रामसेवक यादव ४ सय ४० मत प्राप्त गर्दै विजयी भएका छन्।

२०७४ को स्थानयि तह निर्वाचनमा प्रमुख, उपप्रमु बहुमत वडा सहित नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो। यो पटक माओवादी तेस्रो स्थानमा पुगेको छ।

यस पालिकामा १० हजार ६ सय ८५ पुरुष र ९ हजार ७ सय ८२ महिला सहित २० हजार ४ सय ६७ मत दाता रहेको छ । जसमध्ये १५ हजार एक सय ३३ मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब