सिरहा, ५ जेष्ठ। सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार डा. नविन कुमार यादब र उप–मेयरमा बबिता कुमारी साह निर्वाचित भएकी छिन्।
यादब ११ हजार ९९ मत ल्याई प्रमुखमा निर्वाचित भएका हुन् । मेयरमा दोस्रो स्थान नेपाली कांग्रसे भन्दा २ हजार ३ सय ७९ मत, जसपा भन्दा ३ हजार ३ सय ६५ मत र नेकपा एस भन्द ५हजार १ सय ९६ अन्तरले निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका उपेन्द्र प्रसाद यादबले ८ हजार ७ सय २० र जसपाका उम्मेदवार तथा निवर्तमान मेयर असेश्वर प्रसाद यादबले ७ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्।
उप–मेयर साह १० हजार ३७ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसकी सरिता कुमारी यादबले ८ हजार ५ सय ८९ मत र जसपाका उम्मेदवार शशी मित्रा माझी मुसहर ७ हजार ८ सय ५५ मत प्राप्त गरेकी छिन्।
उपमेयरमा दोस्रो स्थान नेपाली कांग्रसे भन्दा १ हजार ४ सय ८७ मत, जसपा भन्दा २ हजार २ सय २१ मत र नेकपा एस भन्द ३ हजार ३ सय ३४ अन्तरले निर्वाचित भएका छन् ।
नगरपालिकाका जम्मा २२ वडाहरुमध्ये ७ वटामा नेकाप एमाले, ५ वटा नेकपा एकिकृत समाजवादी, ४ वटामा जसपा, ४ वटा नेपाली कांग्रेस, १ वटा नेकपा माओवादी केन्द्र र १ जना स्वातन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन्।
२०७४ को स्थानयि तह निर्वाचनमा प्रमुख, उपप्रमुमा जसपाले विजयी हासिल गरेको थियो। यो पटक जसपा तेस्रो स्थानमा पुगेको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved