लहान गठबन्धनमा काँग्रेसका मेयर र जसपाका उपमेयर विजयी

  • जेठ ६, २०७९ | ५९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ६ जेष्ठ । देश भरिमै नगरपालिकाहरु मध्ये सबैभन्दा बढी २४ वटा वडा रहेको लहान नगरपालिकामा गठबन्धनको मेयर उपमेयर विजयको सम्भावना छ । गठबन्धनबाट मेयरमा महेश चौधरी र उपमेयरमा जसपाका रामचरित्र विजय भएका छन् ।

योसँगै गठबन्धनकै काँग्रेसले १५ वटा वडामा वडाध्यक्ष विजय भएका छन् । गठबन्धनकै जसपाबाट ३ वटा वडा र माओवादीबाट १ वडाध्यक्ष विजय भएका छन् ।  नेकपा एमालेबाट ४  वडा र एकीकृत समाजवादीबाट १ वडाध्यक्ष विजय भएको छ ।  काँग्रेसको विजय भएका वडाहरु लहान १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३, १५, १६, १९, २२ वटा वडामा वडाध्यक्ष विजय भएका छन् ।नेकपा एमालेको लहान १०, १७, १८ र २१ मा वडाध्यक्ष विजय भएका छन् ।

 त्यसैगरी, जसपाको लहान ४, २३ र २४ मा वडाध्यक्ष विजय भएका छन् । वडा २१ मा माओवादीका वडाध्यक्ष विजय भएका छन् भने एकीकृत समाजवादीको लहान १४ मा वडाध्यक्षसहित विजय भएको छ ।  लहानको मतपरिणाम अनुरुप नगर प्रमुख पदमा नेपाली कांग्रेसका प्रमुख ९मेयर० पदका उम्मेदवार महेश प्रसाद चौधरी विजय भएका छन् । जसपाका उपमेयरमा रामचरित्र महतो विजय भएको छ । तर, अधिकारिक घोषणा भएको छैन । 

 विगत २०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ९ वटा वडा जितेर नेकपा एमालेलाई कडा टक्कर दिएको भएपनि प्रमुख र उप–प्रमुख पद आफ्नो कोल्टामा पार्न सफल हुन सकेको थिएन ।

 यसपालीको चुनावमा भने नेपाली कांग्रेसले एमालेका गढ मानिएका वडा नं– ५ र वडा नं–११ मा पनि जित्न सफल भएको छ । वडा नं–५ मा लहान नगरपालिकाका निवर्तमान प्रमुखको घर भएको वडा हो भने ११ नं– नेकपा एमालेका नगर सभापतिको घर हो । गत स्थानीय तहको चुनावमा ती दुबै वडामा एमालेले जित हात पारेको थियो ।

यस अघि एमालेबाट मुनि साहले ११ हजार ३०१ मत ल्याएर नगर प्रमुख पद हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १३१ मत ल्याएका थिए । नेकपा एमालेको मत यथावत नै रहेको छ भने काँग्रेसले गठबन्धन गर्दा विगतको चुनाव भन्दा दोब्बर मत ल्याएका छन् । यस्तो अवस्थामा काँग्रेस एकल चुनावी मैदानमा गएको भए एमालेले पूनः जित हात पार्ने निश्चित नै रहन्थ्यो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब