सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष शिव उदगार यादबले पदभार ग्रहनसँगै नगर विकासका लागि ९ बुँदे निर्णय लिएका छन् । सबै क्षेत्रलाई समेटदै जनताका प्रमुख हितका विषय बस्तुलाई ९ बुँदे निर्णयमा राखेका छन् ।
टालटुल पारी शिक्षण गराई रहेका विद्यालयहरुलाई पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा हेतु पूर्वधारको व्यवस्था मिलाउने पहिलो नम्बरको निर्णयमा उल्लेख गरिएको छ । कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई निःशुल्क कृषि मिटर र सोको विद्युत शुल्क भुक्तानी गर्ने दोस्रो नम्बरको निर्णय रहेको छ ।
त्यस्तै पिछडिएका वर्ग तथा विपन्न आर्थिक अवस्था भएका सुत्केरी महिलाका लागि आर्थिक सहयोगको कार्यक्रम संचालन गरिने, सबै जनतालाई स्वास्थ्या पहुँच पुर्याउन विपन्न वर्गका विरामीहरुलाई जिल्लाभरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने, मृतक प्रमाण पत्र निःशुल्क दिने, सडक स्तरोन्नति गर्दै लैजाने, पालिकाका सेवालाई सरल, सहज र सुलभ बनाउने, अति विपन्न र गरिव परिवारलाई क्रिया खर्च उपलब्ध गराउने र प्राकृतिक प्रकोप तथा आगलागी जस्ता घटनामा प्रभावित परिवारलाई तत्कालै राहत प्रदान गर्ने जस्ता निर्णयहरु लिएका छन् ।
यतिका निर्णय पदभार ग्राहनसँगै लिनु सकारात्मक रुपमा नगरवासीले लिइएका छन् । तर शिक्षा क्षेत्रमा भएका स्रोत साधनलाई उचित प्रयोग गरी नियमित पठन-पाठनलाई पहिलो प्राथमिकतामा राखि अनुगमन सहितको प्रभकारी शिक्षामा ध्यान दिन जरुरी रहेको नगरवासीहरुले बताउछन् । सूचना पारर्दशित विषयमा निरन्तर आन्दोलन गरी रहेका जसपा नेताहरुले आफ्नो कार्यकालमा पहिलो प्राथमिकतमा राखि सूचन पारर्दीशतलाई प्रमुख बुँदका रुपमा राख्नु पर्ने नगरवासीका अनुरोध छन् ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved