सिरहा नगरपालिकालाई नमूना बनाउने पहिलो प्राथमिकता : नव निर्वाचित मेयर यादब

  • जेठ ६, २०७९ | ९०२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको पछिडिएका पालिकाका रुपमा रहेको सिरहा नगरपालिकालाई नमूना पालिकाका रुपमा विकास गरिने पहिलो प्राथमिकता हुने नव निर्वाचित मेयर डा. नविन कुमार यादबले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा प्रतिवद्धता गरेका छन्।

निर्वाचित भएपछि सार्वजनिक कार्यक्रममा पहिलो चोटी आफ्नो बिचार प्रतिवद्धतासँगै राखेका मेयर यादब प्रति नगरवासीहरुका विश्वास र उत्साह पनि बढेका छन् । विभिन्न पार्टिबाट लोकतान्त्रिक पद्धतिलाई आत्म साथ गरी जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई समन्वयकारी भुमिका खेली नगर विकासका लागि सहकार्य साथ अगाडी बढने यादबले बताए ।

विकास भने विषयलाई परिभाषित गर्न जरुरी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रकाश खरेलले बताउनु भयो । कृषि क्षेत्रका उत्पादन मुलक आय आर्जका सम्भावन बोकेका सिरहा जिल्ला भरीका पालिकाले यस विषयलाई पहिलो प्राथमिकतामा राख्न जरुरी रहको छ । सकड र भौतिक संरचनामा मात्र ध्यान दिइए यहाँका जनताका जिवन परिवर्तन हुदैन् । यसका लागि उत्पादन मुलक क्षेत्र र चेतना विकास पनि प्राथमिकता हुनु पर्नेमा प्रमुख खरेलले जोड दिनु भयो ।

जिल्ला भरी निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन भएको भन्दै निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावद दिदै सबै जनप्रतिनिधिहरु आजैबाट सबै जनताका समान भएकोले समन्वय र सहकार्यमा पालिका संचालन गरी जनताका अपेक्षा अनुसारका विकास दिन शुभकामना पनि खरेलले दिनु भयो ।

281734816_562822718667432_6318024473512380564_n

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब