सिरहा । लोकतान्त्रिक गणतन्त्रका संरचनमा रहेका स्थानीय सरकारको दोस्रो कार्यकालमा फरक सोच र बिचार भएका सबभन्द कम उमेरका जनप्रतिनिधिलाई सिरहा नगरपालिकामा वडा नं. ६ का जनताले आफ्ना अमूल्य मतबाट इन्द्रजित कुमार गोठियाँ (यादब) लाई निर्वाचित गरेका छन् ।
यादब अहिले २६ वर्ष उमेरका छन् । समान्य व्यपारमा लागेका यादबले ५ वर्ष देखि राजनीतिकमा आवद्ध रहेका छन् । अहिले उहाँ नेकापा एकृकित समाजवादी पार्टिबाट निर्वाचन लडी बिजयी भएका छन् ।
एउटा किसान परिवारमा बुवा किसुन देव यादब र आमा उरेब देवी यादबको कोखबाट जन्मेका यादबले आफ्ना ठाउँका जनतालाई लोकतान्त्रिक गणतन्त्रका अनुभुतीका लागि परिवार बाधलाई अन्त गर्न चुनावी मैदानमा उत्रे र जनताले निर्वाचित गरेको बताउँछन् । वडा नं. ६ का जनताले हामी सबै जनप्रतिनिधिहरुलाई धेरै नै जिमेवारी दिइएका छन । पार्टिगत भन्द व्यक्तिलाई बढी रुचाउन यहाँका जनतालाई प्रतिवद्धता गरेका सम्पूर्ण कार्य गरेर देखाउन यादबले बताए ।
हामीले सबभन्दा पहिले शिक्षा सुधार तथा जनचेतना सहितको सडक पूर्वधारलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने योजनामा रहेका छौँ । कृषि, स्वास्थ्यलाई पनि यसै आर्थिक वर्षबाट विशेष कार्यक्रमका साथ निरन्तर ५ वर्ष सम्म सम्पूर्ण कार्य पुरा गर्ने योजन तयार गर्ने छौँ ।
युवा प्रतिका विश्वासलाई थप बलियो बनाउन आफ्ना वडामा कुनै पनि जनतालाई काखा-पाखा नगरी विकास समृद्धिसँग जोडर कार्य गर्ने छौँ । आब आउने नयाँ आर्थिक वर्षबाटै जनताले चाहेका विकास समृद्धि देखिन थाल्ने छन् । हामी पार्टि भन्दा मानवताका कानूनलाई पहिलो प्राथमिकतामा राखि सबै पार्टिका जनतालाई समान रुपमा वडाका सबै अवसरहरुमा सहभागी गरी दुःसुखमा साथ रहने यादबको प्रतिवद्धता छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved