औरहीमा जसपाका अध्यक्ष, उपाध्यक्ष सहित वहुमत वडा विजयी

  • जेठ ७, २०७९ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको औरही गाउँ पालिका जनता समाजवादी पार्टी, नेपाका दर्फबाट अध्यक्षमा जसपा पदमा उम्मेदवारी दिएका शिवजी यादव र उपाध्यक्षमा रेनु कुमारी यादव विजयी भएका छन्। शिवजी यादव ३ हजार ४ सय ६० मत सहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिपर्धीहरु निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका सिद्धार्थ यादवले २ हजार ८४ मत र जनमत पार्टीका संजय कुमार यादवले १ हजार ९ सय ४ मत प्राप्त गरेका छन्।

शिवजी यस अघि सिद्धार्थसँग झिनो मतान्तरले पराजय भएका थिए।

उपाध्यक्ष उम्मेदवार रेनु कुमारी यादव ३ हजार ५ सय ५६ मत सहित विजयी भएका हुन्। उनका निकतमहरु नेकपा माओवादीका विनीता कुमारी यादवले २ हजार ७८ मत र जमत पार्टीका गणित देवी यादवले १ हजार ८ सय १५ मत प्राप्त गरेका छन्।

पालिकाको जम्मा ५ वडा मध्ये ३ वटा जसपा र १÷१ वटा नेकपा एमाले र नेकपा माओवादी केन्द्र विजयी भएको छ।

जसपाका सुरैतलाल ठाकुले वडा नम्वर १ बाट ५ सय ३३ मत, वडा नम्वर ३ का जीवछ यादवले ८ सय ३७ मत र वडा नम्वर ५ का राम पृत यादवले ४ सय ७२ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन्।

वडा नम्वर ४ मा नेकपा माओवादी केन्द्रका सुरेन्द्र प्रसाद यादव ५ सय २५ मतले र वडा नम्वर २ मा नेकपा एमालेका रामआयोधी यादव ४ सय ९४ मतले विजयी भएका छन्।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब