नरहा गापामा एमालेका यादव र चौधरी विजयी

  • जेठ ७, २०७९ | ४५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको नगरहा गाउँ पालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँ पालिका अध्यक्षमा २ हजार ६ सय ९५ मत प्राप्त गर्दै रामप्रमोद यादव विजयी भएको छ, भने उपाध्यक्षमा गुलावदेवी चौधरी २ हजार ५ सय ७१ मत सहित निर्वाचित भएकी छिन्।

अध्यक्षका प्रतिस्पर्धीहरुमा जनता समाजावादी पार्टीका राम स्वगारथ यादवले २ हजार ५ सय १७ र नेपाली काँग्रेसका कौशल मण्डलले २ हजार १ सय मत प्राप्त गरेका छन्।

उपमेरका प्रतिस्पर्धी नेपाली काँग्रेसका अरहुल्ला देवी यादवले २ हजार ३ सय २३ र जसपाका फूलोदेवी यादवले २ हजार १ सय मत प्राप्त गरेका छन्।

५ वडा रहेको यस गापामा २ नेकपा एमाले र १÷१ वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा विजयी भएका छन्।
नेपाली काँग्रेसबाट वडा नम्वर १ का उम्मेदवार अशोक कुमार महतो १ हजार ८४ मत प्राप्त गर्दै विजयी भएको छ।

नेकपा एमालेबाट वडा नम्वर २ मा सम्झना सिंहले ५ सय २० र वडा नम्वर ३ मा मो रुषतम अन्सारी ५ सय ८० मत प्राप्त गर्दै विजयी भएका छन्।

वडा नम्वर ४ मा जसपाका रामविलेक्षण यादवले ५ सय ८४ मत र वडा नम्वर ५ मा नेकपा माओवादी केन्द्रका हुकुमदेव यादव ४ सय ७० मत प्राप्त गर्दे विजयी भएका छन्।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब