कल्याणपुरमा काँग्रेसको गढ तोड्नै नेकपा एमाले विजयी

  • जेठ ७, २०७९ | ७४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा। सिरहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ। नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका रामकुमार साह तेली ५ हजार ८ सय ८३ मत र उप उपमेयर रेखा कुमारी यादवले ५हजार ७ सय ३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

मेयरपदका प्रतिस्पर्धिहरु नेपाली काँग्रेसका धर्मनाथ यादवले ५ हजार ३ सय ५३ मत ल्याउँदा जनता समाजवादी पार्टीका प्रतिप साहले ४ हजार १ सय ७६ मत प्राप्त गरेका छन्।

उपमेयरका प्रतिस्पर्धि नेपाली काँग्रेसका धनेश्वरी देवी मण्डलले ५ हजार ४ सय ७० मत र जसपाका मसुदा खातुनले ४ हजार ५ सय ४५ मत प्राप्त गरे।

१२ वडा रहेको यस पालिकामा जसपा ३, नेकपा एमाले सवैभन्दा बढी ५, नेका २, नेकपा एस १ र जनमतले १ वडामा विजयी हासिल गरेका छन्।

२०७४ को निर्वाचनमा नेपाली काँग्रेसका सूर्यनाथ मण्डल मेयर पदमा निर्वाचित भएका थिए।

वडा नम्वर १, २ र १० मा जसपाका वडा अध्यक्षहरु विजयी भएका छन्। वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो. साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्द किशोर साह निर्वाचित भएका छन्।

नेकाप एमालेबाट वडा नम्वर ३ मा १ हजार ५८ मत सहित रामदुलार मण्डल, ४ मा ९ सय ५९ मत सहित प्रदिप कुमार यादव, ६ नम्वर वडामा ३ सय १३ मत सहित दिनेश यादव, वडा नम्वर ११ मा ८ सय २५ मत सहित परमेश्वर साह र १२ नम्वर वडामा १ हजार २ सय ७४ मत सहित दिलिप कुमार यादव विजयी भएका छन्।

नेपाली काँग्रेसका कुलदिप यादव ७ सय ९५ मत सहित वडा नम्वर ५ र वडा नम्वर ८ बाट राम किशोर यादव ७ सय ३ मत सहित विजयी भएका छन्।

नेकपा एकीकृत समाजवादीका विष्णु देव यावदवले ९ सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडा अध्यक्ष निर्वाचित भएको छ। जनमत पार्टीका विनोद कुमार यादवले ५ सय ४ मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी भएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब