मधेशका १२२ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेस ठूलो दल

  • जेठ ८, २०७९ | ६०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा को मतपरिणाम आइसक्दा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

मधेश प्रदेशमा ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ ।

नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले २३ पालिका प्रमुख र २३ वटै पालिकामा उपप्रमुख जितेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । उसले २० पालिका प्रमुख र २२ वटा पालिकाको उपप्रमुख जितेको छ ।

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले नै शुरुदेखि अग्रता कायम गरेका छन् ।

लोसपाले ९/९ वटा पालिका प्रमुख र उपप्रमुख, माओवादीले ९ पालिका प्रमुख र ८ उप प्रमुख, नेकपा एकीकृत समाजवादीले ४ प्रमुख र ३ उपप्रमुख, सिके राउतको जनमत पार्टीले २ प्रमुख र १ उपप्रमुख, तमलोपा, विवेकशील र स्वतन्त्रले १/१ वटा पालिका प्रमुख/उपप्रमुख जितेका छन् ।

११५६ वडाहरुको मत परिणम आउँदा नेपाली कांग्रेस नै अगाडि छ । कांग्रेसले ३८६, एमालेले २४३, जसपाले २०२, माओवादी केन्द्रले १२९, नेकपा एकीकृत समाजवादीले ७०, लोसपाले ८१, स्वतन्त्र १८, जनमत १३, राप्रपा ६, तमलोपा ३, विवेकशील २, जनमत, सुशासन र लोकतान्त्रिकले १/१ वडा जितेका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब