सिरहाको गोलबजारमा विजयी जुलुसको ट्याक्टरबाट लडेर युवकको मृत्यु

  • जेठ ९, २०७९ | ७०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ९ जेष्ठ। विजयी जुलुसमा हिडेको ट्याक्टरबाट लडेर सिरहामा एक युवकको मृत्यु भएको छ। गोलबजार नगरपालिका वडा नम्वर ६ का नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष संजिव लामाको विजयी जुलुसमा हिडेका प्र.२–००१–०१ त ०२७५ नम्वरको ट्याक्टरबाट भित्रि सडक अन्तर्गत लक्ष्मि मन्दिर अगाडी लडेर स्थानीय विनोद सदायको छोरा करिव १७ वर्षिय रिझनको मृत्यु भएको हो।

ट्याक्टर धनी समेत रहेका रामकिसुन साह आफैले अत्यधिक गतिमा ट्याक्टर चलाएका कारण दुर्घटना भएको स्थानीय प्रत्यक्ष दर्सिले बताए। उनीहरुका अनुसार ट्याक्टरको अघिल्लो भागमा रहेर नारा भटईरहेका बेला अत्यधिक गति र बाँङ्गोटिङ्गो पारेर ट्याक्टर चलाउँदा सदाय लडेका थिए। सडकमा पछारीका सदायको छात्तिबाटै ट्याक्टर हिडेको उनीहरुले जनाए।

चालक साहले विजयीको खुशियालीमा अत्यधिक मदिरा सेवन गरेको जुलुसमा सहभागीहरुले जानकारी दिए।

घटनाको तत्काल सदायलाई स्वास्थ्यसंस्था पुर्याएपनि उनको मृत्यु भईसकेको बताइएको छ। उपचारको लागि पुर्याएको लङ्ग लाइफ हेल्थ केयर प्रा.लि.का चिकित्सक अजय कुमार जयसवालले यहाँ ल्याईपुर्याउँदा मृत्यु भइसकेको बताए।

चालक समेत रहेका ट्याक्टर धनी किसुन साह फरार भएको छ। प्रहरीले ट्याक्टर र चालकको पहिचान भईसकेको तत्काल खोजी भईरहेको र घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।

शव अझै हेल्थ सेन्टरमै राखिएको छ । पोष्टमार्टमा लागि लग्न खोजीएपनि आफन्तले ट्याक्टर र चालक खोजेर ल्याएमात्र शव पोष्टमार्टमा लानदिने अडान राखेको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब