१५ दिनमा तीन नायिकाको आत्महत्या : दुईलाई प्रेममा धोका, अर्की साथीले आत्महत्या गरेपछि झुण्डिइन्

  • जेठ १३, २०७९ | ९०७ पटक पढिएको | सीमा संदेश
alt

बंगाली मोडल मञ्जुषा नियोगीको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ । मञ्जुषाको शव पटोलीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । हाल प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । पछिल्लो १५ दिनमा बंगाली फिल्म उद्योगका ३ अभिनेत्रीको मृत्यु भएको छ । मञ्जुषाकी साथी तथा अभिनेत्री बिदिशा दे मजुमदारले  केही दिन अघि आत्महत्या गरेकी थिइन् । १५ मेमा पल्लवी डेको शव उनको फ्ल्याटमा भेटिएको थियो । उदीयमान मोडल र अभिनेत्रीको आत्महत्याको खबरले बंगाली उद्योगमा सबैलाई स्तब्ध बनाएको छ ।

प्रहरीको अनुसन्धान

शुक्रबार बिहान मञ्जुषा कोठाबाट बाहिर नआएपछि उनका आमाबुवाले छोरीलाई फोन गरेका थिए । कुनै प्रतिक्रिया नआएपछि मञ्जुषाका अभिभावक चिन्तित भए र छोरीको सुत्ने कोठामा छोरीको शव झुण्डिएको अवस्थामा देखे । हाल यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

साथीको मृत्युले मञ्जुषा डिप्रेसनमा थिइन्

मञ्जुषा नियोगी पेशाले मोडल तथा अभिनेत्री थिइन् । मञ्जुषा हालै टिभी शो कांचीमा नर्सको भूमिकामा देखिएकी थिइन् । यसका साथै उनले धेरै शोमा स–साना भूमिका पनि गरिसकेकी छिन् । यसै क्रममा मञ्जुषाकी आमाले उनकी छोरी साथी बिदिशाको मृत्युपछि डिप्रेसनमा रहेको प्रहरीलाई बताइन् ।

२१ वर्षीया बिदिशाले गरिन् आत्महत्या

बुधबार साँझ मञ्जुषाकी साथी तथा मोडल बिदिशाको शव दमदमको नगरबजारस्थित उनको भाडाको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको थियो । बिदिशाको उमेर २१ वर्ष थियो । नायिका डेढ महिनाअघि मात्रै यही फ्ल्याटमा सिफ्ट भएकी थिइन् । रिपोर्टका अनुसार प्रहरीले बिदिशाको अपार्टमेन्टबाट सुसाइड नोट पनि बरामद गरेको छ । बिदिशाको परिवार र उनका साथीहरुले उनीहरुको सम्बन्धमा केहि समस्या रहेको भन्दै यो कदम चालेको बताएका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब