सिरहा, १४ जेष्ठ। जिल्ला प्रशासन सिरहाले सदरमुकामकै १० वटा कार्यालय अनुगमन गर्दा ५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयका भवेश कुमार झा र हरिकिशोर प्रसाद चन्द्रवंशी सहितको टोलीले शुक्रबार जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा सहित १० कार्यालय १० जना कर्मचारी अनुपस्थित रहेको पाइएको होे।
सदरमुकामै कार्यालयहरुमा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरणको लागि पत्राचार गरेको छ।
‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइसकेको बताउँदै प्रजिअ कवारीले चित्तबुझ्दो जवाफ नआए ती कर्मचारीलाई विभागीय कारबाही सम्म हुन सक्ने बताए। उनले अवको दिनमा जिल्लाका अन्य कार्यालयहरुमा पनि अनुगमन बढाउने जनाए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved