सिरहा, १६ जेष्ठ । सिरहा नगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन उमेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य निर्वाचनका लागि नेकापा एमालेले ५, नेपाली कांग्रेसले ५, जसपा नेपाल ३, नेकपा एकिकृत समाजवादीे २ र स्वतन्त्रबाट ३ गरी कुल १८ जनाले उमेदवारी गरेका थिए ।
नेपाली कांग्रेस, जसपा नेपाल र नेकपा एकिकृत समाजवादी पार्टि बिच भएका गठबन्धनका कारण नेपाली कांग्रेसबाट इन्द्र देवी कर्ण, हिरा देवी राई कुर्मि, रामविलास मुखिया गरी ३ जना, जसपा नेपालबाट तारा देवी सदा, शोभा देवी यादब र अनिल कुमार कर्ण गरी ३ जना र नेकपा एकिकृत समाजवादीबाट रविन्द्र साह, रामकाशी देवी यादब गरी ८ वटै सिटमा विजयी हासिल गरेका छन् । नगरपालिका कार्यपालिका सदस्यका लागि ११० जनाले भोट हालेका थिए।
यता पालिका स्तरमा नेकपा एमालेको मेयर÷उपमेयर र ८ वटा वडा, नेकपा एकिकृत समाजवादी पार्टिका ५ वडा, जसपा नेपालका ४ वडा, नेपाली कांग्रेसका ४ वडा , माओवादी केन्द्रका १ वडा र स्वतन्त्रका १ वडामा विजय भएका छन् ।
केन्द्रिय र प्रदेश सरकारमा हुने बहुमत र अल्पमत खेल स्थानीय तहको सरकारमा पनि देखिएको छ । लोकतन्त्रमा अल्पमत हुनु सकारात्मक हुने धेरै राजनीतिक विश्लेषक बताउँछन् । सिरहा नगरपालिकामा पनि विकास गतिलाई अगाडी बढाउन सकारात्मक दिश निर्देशन होस् शुभकामना ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved