सिरहामा एक जान पुरुषको शब इनारभित्र भेटियो

  • जेठ १९, २०७९ | ५३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ जेष्ठ। सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनारभित्र फेला परेको छ। श्रीमतिको औषधी लिन मंगलबार हपरान्ह घरबाट निस्केका ४८ बर्षीय साहको शब आज विहान गाउँकै इनारभित्र फेला परेको हो।

औषधी लिएर तुरुन्तै फर्कि हाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म पनि नफर्किएपछि खोजतलाश गरीएपनि आज विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शब फेला परेको प्रहरीले जनाएको छ।

शब इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीेले जानकारी दिए। घटना बारे थप अनुसन्धान भईरहेको उनले जनाए ।

यता मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या बताएका । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताए ।

साह एक महिना अधिमात्र वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँमा आरसीसी ढलान गर्ने विषयमा उनीसंग स्थानीयको विवादभएको बताएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब