‘न्यायपालिका मधेस प्रदेशको हितैषी होइन’

  • जेठ २०, २०७९ | ४१६ पटक पढिएको | सीमा संदेश
alt

मधेस प्रदेशको प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले न्यायपालिका मधेस प्रदेशको हितैषी नरहेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सोनलले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका स्वतन्त्र हुनुपर्ने भनिरहँदा न्यायपालिका भने मधेस प्रदेशको कहिल्यै पनि हितैषी नरहेको बताएका हुन् ।

लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री सोनलले भने, ‘न्यायपालिका हाम्रो हितैषी होइन्, यसका दर्जनौँ उदाहरणहरु छन् । यसअघिका सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएपनि सर्वोच्चमा  मुद्दा पर्‍यो । सर्वोच्च अदालतले सबै अध्यादेशलाई जीवित राखे पनि नागरिकता सम्बन्धी अध्यादेशलाई खारेज गर्‍यो । सर्वोच्च अदालतमा कयौँ अध्यादेशमाथि मुद्दा चल्दा केही बोलेन, तर केपी ओलीजीले ल्याउनु भएको नागरिकता सम्बन्धी अध्यादेश खारेज गर्‍यो ।’

उनले मधेसको विकासमा पनि अदालत बाधक बनेको बताउँदै उनले भने, ‘यस प्रदेशको सबैभन्दा महत्त्वपूर्ण परियोजना मध्येको एक निजगढ अन्तर्राष्ट्रिय विमानस्थल थियो । तर अदालतले यसको पर्यावरणलाई टेकेर विपक्षमा निर्णय दिइहाल्यो ।’

उनले अघि थप्दै भने, ‘निजगढ विमान स्थलबाट मधेसका जनताको समृद्धि, आर्थिक विकास जोडिएको र एउटा प्रदेशमा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिए हजारौँ हजारको सङ्ख्यामा बेरोजगारी न्यूनीकरण हुने र यहाँका व्यक्तिको जीवनमा परिवर्तन हुन्छ ।’ तर सर्वोच्च अदालतले त्यसको विपरीतमा आदेश दिएको उनले स्मरण गरे । सोनलले निजगढमा अन्तर्राष्ट्रिय विमान स्थल बनाउनुपर्ने र यसका लागि सङ्कल्प प्रस्ताव अथवा विशेष प्रस्ताव पेस गर्न आग्रह समेत गरे ।

फरक प्रसङ्गमा उनले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको कार्यशैलीको विरोध गर्दै आफ्नो कार्यकर्ता पाल्नका लागि विभिन्न नाममा आयोग, समितिलगायतका गठन गरेर कार्यकर्ता भर्ती केन्द्र स्थापना गरेको आरोप समेत लगाए । उनले भने, ‘मधेस प्रदेश सरकारले गठन गरेका विभिन्न आयोग, समितिहरू कार्यकर्ता भर्ती केन्द्र बनाएको, एउटा सानो बोर्ड झुण्ड्याएर कृषि विश्वविद्यालय स्थापना गर्ने नाममा कार्यकर्ताहरू भर्ती गर्नमा मुख्यमन्त्री लागि पर्नुभएको छ ।’

बैठकमा नेपाली काँग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, नेकपा एमाले मधेस प्रदेशका संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेश सांसद दिलिप साहलगायतकाले बोलेका थिए । लोसपा नेपालकी प्रदेश सभा सदस्य डा. डिम्पल कुमारी झाको निधनप्रति एक मिनेट शोकसभा गर्दै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब