स्यानिटरी प्याडमा भन्सार कर छुटको विरोध किन भइरहेको छ ?

  • जेठ २०, २०७९ | ५९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्यानिटरी प्याडमा लाग्दै आएको भन्सार शुल्कमा ९० प्रतिशत छुट दिने घोषणा गरिएको छ । 

बजेटमा नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चा पदार्थको आयातमा पनि एक प्रतिशत मात्रै भन्सार लाग्ने उल्लेख छ । सरकारको यही निर्णयमाथि अहिले फरकफरक ढंगले विरोध सुरु भएको छ । एकातर्फ सरकारले ९० प्रतिशत भन्सार कर छुट दिएर स्वदेशी उद्योगीलाई निरुत्साहित गरेको भन्दै निर्णय फिर्ताको माग गरिरहेको छ भने अर्कोतर्फ महिला अधिकारकर्मीहरूले भने स्यानिटरी प्याड विलासी वस्तुमा कायमै राखिएको र अतिरिक्त कर नहटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

यस्तो छ नेपालमा स्यानीटरी प्याड खपतको अवस्था
नेपालको जनसंख्याको कुल महिला संख्याको ६४.७ प्रतिशत महिला महिनावारी उमेर समूहमा पर्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र वर्ल्ड भिजनले गरेको पछिल्लो ‘स्ट्याटस अफ मेन्सुरल हेल्थ एन्ड हाइजिन म्यानेजमेन्ट एमोङ एडोलेसेन्ट गल्र्स अफ नेपाल’ शीर्षकको अध्ययनअनुसार महिनावारी उमेर समूहका अधिकाशं महिलाहरूले बजारमा पाउने प्याडको प्रयोग गर्छन् ।

भन्सार विभागको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालमा भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, साउदी अरब, ताइवान, बेलायत, अमेरिका, यूएई, जर्मनी, अस्ट्रेलिया, फ्रान्स, मलेसिया, पोल्यान्ड, स्पेन, जापान, भियतनाम र टर्कीबाट प्याड आयात हुने गर्छ । 

आर्थिक वर्ष २०७६/७७ मा २१ करोड ५१ लाख १० हजार ७१ थान प्याड भित्रिएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा प्याड बनाउन चाहिने १६ लाख ९४ हजार ९४२ कच्चा पदार्थ भित्रिएको तथ्यांक छ । 

अत्यावश्यक उद्योगलाई संरक्षण गर्न सरकारलाई संघको आग्रह
नेपाल प्याड उत्पादन संघकाअनुसार नेपाल स्यानिटरी प्याडको उत्पादनमा आत्मनिर्भर भइसकेको छ । नेपालमा ठुला तथा साना गरी ३५ देखि ४० उद्योगहरू सञ्चालनमा छन् । जसको लगानी ६ अर्ब रूपैयाँसम्मको रहेको छ । यी उद्योगहरूमा ६ हजारभन्दा बढी अझ त्यसमा पनि अधिकांश महिलाहरू संलग्न छन् ।

संघका अध्यक्ष डोलराज अधिकारीकाअनुसार नेपाली उद्योगले ९० करोड थानसम्म स्यानिटरी प्याड उत्पादन गर्न सक्छन् । तर, हाल नेपाली बजारको माग भने ३० करोड थान सम्ममात्रै रहेको छ । यो अवस्थामा स्यानीटरी प्याड आयतामा ९० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णयले स्वदेशी उद्योगहरू अप्रतिस्पर्धी भई बन्द हुने ठहर संघले गरेको छ ।

संघका अध्यक्ष अधिकारी नयाँ बजेटले स्वदेशी प्याड उद्योगीहरूलाई अन्याय गरेको बताउँछन् ।

“हालको १५ प्रतिशत रहेको भन्सार महशुल अब १.५ प्रतिशत मात्र लागु हुने छ । जबकि कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुलको घोषणा गरिएको छ । तर केही कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीमा लाग्ने ५ प्रतिशत अन्त शुल्कबारे कुनै घोषणा गरिएको छैन । यसो हुँदा तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी कर तिर्नुपर्छ । जबकि कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तीमा दुई तहको फरक हुनुपर्ने हो,” उनले भने ।

सरकारको यो कदमले स्वदेशी उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने संघको बुझाइ छ । महिनावारी व्यवस्थापनमा प्रयोग हुने स्यानिटरी प्याडमा कर माफीको महिलाहरूको माग सम्बोधन गर्न आयातित उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धरासायी हुने यो नीति गलत भएको संघ ठहर छ । आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापित स्यानिटरी प्याडजस्तो अत्यावश्यक उद्योगलाई संरक्षण गर्न संघले सरकारसमक्ष आग्रह गरेको छ । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब