सिरहा । सिरहा नगरपालिका भित्र उद्योग संचालन गर्न चाहने व्यपारीलाई सहज रुपमै जमिन उपलब्ध गराउने मेयर डा. नविन कुमार यादबले बताउनु भयो । अब हामी भारतको बजारमा निर्भार रहुनु हुदैन् । यसका लागि उत्पादन मुलक व्यवसायि उद्योग नगरपालिका भित्रै संचालन गर्नुस् नगरपालिका सहयोग गर्नु तयार छ ।
उत्पादन मुलक उद्योगका लागि चाहिन सिपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि सिरहा नगरपालिका कार्य सुरु गरिसकेकोले तपाई उद्योगहरु विभिन्न क्षेत्रमा आधारी उधोग संचालन गर्नुस् सहयोग हुन्छ । नगरपालिकाले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखि पशुपालन, बगर खेती र फलफूल खेती जस्ता कार्यक्रम संचालन गर्ने योजना ल्याइरहेकोले कार्य योजना साथ नगरपालिकामा निवेदन गर्नु सहयोग हुन्छ । युवाहरुका लागि विभिन्न सिप मुलका तालिम संचालन तिन महिन भित्रमा हुने मेयर यादबले प्रतिवद्धता गरे ।
विकास भए विनाश हुन्छ । यो लाईन निर्वाचन पछि फेरि दोहोराउँदै यादबले भने, सिरहा नगरपालिकालाई नमून नगरपालिका बनाउन विभिन्न भौतिक संरचना पनि निर्माण गर्नु पर्ने भएकोले तपाई सचेत नागरिक भई विकास निर्माणमा सहयोग गर्नु होला । केही भौतिक संरचना पनि नाश हुन सक्छ । यसका लागि विकास अवरुद्धक नबनी सहयोगी भुमिका खेल्नु होला। केही क्षती सोभाविक रुपमा हुन्छ । तर तपाईकै ठाउँ सुन्दर र व्यवस्थित हुनेछ ।
फोहरबाट आय आर्जन गर्नका लागि फोहर व्यवस्थापन केन्द्र पनि बन्दैछ । केही दिनमै तपाईको घर अगडीका चौकमा फोहर व्यवस्थापन कन्टेनर राख्दैछौँ। तपाईहरु इमन्दारी पूर्वक घरमा उत्पादन गर्ने फोहर कन्टेरमा राख्नु होला । हामी चहान्छौँ सिरहामा सबै वस्तु उत्पादन होस् ।
तपाईहरु खाजेको वेला म नगरपालिकामा भेटछु । कुनै पार्टि विशेष रुपमा मलाई नहेरी नगरपालिका वासीलाई सहयोग हुने योजना लिइएर आउनु हामी कार्य गछैाँ । सिरहा नगरपालिकामा सबै किसिमका उदोग संचालन गर्न तयर रहेकोले देश र विदेशका सबै व्यपारीहरुलाई लगानी लिई आउनुस् सबै किसिमको सहयोग हुन्छ सिरहा उद्योग वाणिज्य संघको साधारण सभा कार्यक्रमबाट मेयर यादबले उद्घोष गर्नु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved