भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै

  • जेठ २३, २०७९ | ४७७ पटक पढिएको | सीमा संदेश
alt

भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा हिजो १ हजार ४ सय ९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ ।

यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि  सङ्क्रमण फैलिन थालेको खबरमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गर्नु भएको छ । भारतमा हिजो ४ हजार २ सय ७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । त्यसका लागि घर घरसम्म नै पुग्ने अभियान सुरु भएको छ ।

भारतका २७ राज्यमा ६० वर्षभन्दा माथिका धेरैजसोले खोप लगाउन बाँकी रहेको छ ।  आउँदो जुलाई ३१ तारिखसम्म ६० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने भारतको तयारी छ ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब