काठमाडौं, असार ३ गते । जागिर गरेको चार वर्षमै एक नायब सुब्बाले ६ करोड भन्दा बढी रकम कमाएका छन् ।
राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमा ६ करोड २४ लाख पैसा कमाएको देखिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए।
आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।
भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम आयोगले भण्डारीलाई कारबाही गर्न माग गरेको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved