सिरहा, ०४ असार । विकास निर्माण कार्य अवरोध गर्ने प्रपंञ्चले कुटपिटको आरोप लगाई मलाई बदनाम गर्न खोजको नवराजपुर गाउँपालिका वडा नं. ३ को वडाअध्यक्ष बंशी लाल यादबले पत्रकार समेलन गरी बताएको छ । असार मसान्त समयमा कार्यक्रम सम्पन गर्ने तनवाका वेला विकास निर्माण कार्य अवरोध गर्ने गरी यस्ता आरोप लगाएको छ ।
भुतपूर्व जनप्रतिनिधिहरुले बनाएको योजना उनकै उस्काहटमा गुरुदेव महतो आफ्ना घर अगाडी नै निर्माण गर्ने मनसायले विकास अवरोध गर्न लागेपछि मेरो नेतृत्वमा जनताले आवरोध हटाउन कुराकानी गरेकोलाई विवाद बनाई आफूलाई बदनाम गर्ने प्रयास गरको छ ।
आर्थिक वर्ष २०७८।०७९ को डिहवार मन्दिर निर्माण योजना वन डिमिजन कार्यालयबाट प्राप्त अनुदान रु. १५ लाखको रहेको छ । हुलाकी सडक छेउमा हाल रहेको डिहवार मन्दिर बजार विस्तारसँगै मन्दिर जाने बाटो छेकिएपछि गाउँवासीका अनुरोधमा जगतपुरमा रहेको रामजानकी कुटीको पोखरी डिल सुन्दरता र संरक्षण गर्ने सम्भावना हेरी निर्माण सुरु गरेपछि अरुको उस्काहटमा आई निर्माण कार्य अवरोध गरेपछि हामीसँग भएको कुराकानीलाई कुटपिट गरको आरोप लगाएको वडाअध्यक्ष यादबले बताउनु भयो ।
निर्माण हुन लागेको मन्दिर कसैलाई कुनै किसिमको असहजता गरको छैन् । पोखरीको डिलमा बाटो छोडी निर्माण कार्य भईरहेको छ । किन कसरी महतोले यसरी आरोप लागएको बारेमा आफू बुझन सकेको छैन् । मैले मात्र नभई सयौँ भन्दा बढी जनताका भिडमा कुराकानी भएको छ । यदि कसैले कुटके प्रमाण दिई आफू करवाही भोग्न तयार रहेको यादबले बताए ।
निर्माणधिन रहेको मन्दिरको स्थालगत रुपमा पत्रकार महासंघ सिरहा शाखाको सभापति मनोज बनौता यादब लगायत विभिन्न मिडियाका पत्रकारलाई अवलोकन गराएका छन् । महतोले भनेको जस्तो कुनै पनि समस्या निर्माण स्थलमा नरहेको महासंघको सभापती यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved