सिरहा, ५ असार। सिरहामा करेन्ट लागेर एक मजुदुको मृत्यु भएको छ। गोलबजार नपा ६ का मनोज कुमार सिंहको घर प्लाष्टर गर्न आज विहान बाँस ठड्याउने क्रममा विद्युतको नाङ्गो तारमा ठोकिंदा करेन्ट लागेर गोलबजार नपा १ का २६ वर्षिय गोपाल पूर्वेको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याएपनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमको लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved