जनकपुरधामका उपमेयरमाथि चप्पल प्रहार !

  • असार ५, २०७९ | ५११ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असार ५ गते । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि चप्पल प्रहार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि आक्रमण गरेको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले साहमाथि चप्पल प्रहार गरेकी छन् ।

स्थानीयहरुले बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न माग गर्दै मेयरलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।

मेयर कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरे । त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।

त्यस पश्चात उपमेयर साहमाथि आक्रमण भएको हो । प्रहरी टोलीले उपमेयर साहलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब