काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर पूर्ण बदली हुने जनाएको छ । अहिले प्रदेश एक, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
६ वटा प्रदेशमा मेघ गर्जन र चट्ट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ । यता बाढी सूचना केन्द्रले कास्कीको लुम्लेक्षेत्रमा अति भारी वर्षा भएको जनाएको छ ।
सूचना केन्द्रका अनुसार त्यहाँ भारी वर्षा भइरहेको छ । अति भारी वर्षाका कारण कास्कीक्षेत्रमा बाढी आउन सक्ने हुँदा सचेत रहन भनेको छ ।
यसअघि शनिबार कास्की पोखरा २५ हेम्जाका ३०० बढी घर डुबानमा परेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved