सिरहा, १६ असार । मधेश प्रदेश सरकारको सहयोगमा आयोजना गरिएको युवा महोत्सव कार्यक्रम मधेशका युवाले बहिस्कार गरेका छन् । असार मसान्तको अन्तिममा बजेट सिध्याउन र कमिसनको आडमा मधेश प्रदेशको महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले विना टेन्डर १७ लाखको कार्यक्रम काठमाडौँको एक संस्था युवालयलाई प्रदान गरेको छ ।
उक्त कार्यक्रमको लागि युवालयले विगत केही दिन देखी मन्त्रालयमै आसन जमाएर सारा कार्यक्रमको रुपरेखा मन्त्रालय र केही आसेपासे युवाहरुको सहभागितमा तयार गरेको थियो । असार १५ गते देखी १६ गते सम्म मन्त्रालयको आयोजनामा चल्ने उक्त महोत्सवमा प्रदेशको सबै पालिकाबाट युवा प्रतिनिधि बोलाउने भएपनि, आठ वटै जिल्लाका इच्छुक युवाहरुले सहभागित जनाउन सकेनन ।
जनकपुर स्थित उद्दोग वाणिज्य संघको हलमा सचालन हुने कार्यक्रमको पहिलो दिन मधेश मंथन र मधेश जागरण, मधेश हटिया रसांस्कृतिक साँझ, र दोस्रो दिन मधेशको मान सम्मान र मधेश घोषणा पत्र सार्वजानिक गर्ने कार्यक्रम रहेको थियो ।
युवालयद्धारा बोलाइएका उक्त कार्यक्रमका बक्त समेत असान्दर्भिक र मधेशको जल जमिन संग जोडिएको पाइदैन । केवल आफना आफन्त लाई विज्ञको रुपमा बोलाएर हतारोमा बजेट सिद्धायाउन र कमिसन खान उद्दत रहेको कार्यक्रमको उपस्थितिले देखाएको छ ।
त्यसैगरी जनकपुरका सिमित युवाहरुलाई कार्यक्रममा सहभागि गराई प्रदेशका युवाहरुलाई जानकारी नगराई लुकिछिपि कार्यक्रम सचांलन गरेको प्रस्ट देखिन्छ । महोत्सवको उदघाटनको पहिलो सत्रमा प्रदेशका मुख्यमन्त्री र मन्त्री लगायतको उपस्थिति रहेपनि युवाको नाममा सचांलन गरेको कार्यक्रममा केवल विधालयका साना नानीहरुलाई बर्षातमा भिजाउदै उपस्थिति गराएका थियो ।
युवा महोत्सव कार्यक्रम प्रक्रियगत नगरी अनियमितताका गन्ध आईरहेको मधेश प्रदेशका युवाहरुले आरोप पनि लगाईरहेका छन् । कार्यक्रमको खर्चलाई सम्बन्धित सरोकारवालाहरु छानभिन गरी जनता समक्ष स्पष्ट पर्नु पर्ने युवा चन्दन कर्णले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved