मधेसका अर्थमन्त्री साह र झाको मिलोमतोमा २० करोडको अनियमितता

  • असार १९, २०७९ | ५१३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले असार महिनामा २० करोड रुपैया सिंचाइमा टुक्रे योजना बनाएर अनियमितता गरेका छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको सहमति बेगर सप्तरी जिल्लाको सिंचाइ डिभिजन कार्यालयले २० करोडको बजेटलाई टुक्रयाएर उपभोक्ता समिति मार्फत खर्च गरेका छन् । प्रदेशको ८ जिल्ला मध्ये सप्तरीमा मात्र सिंचाइमा थप २० करोड रकम पठाइएको छ । अन्य ७ जिल्लामा बजेट थप गरिएको छैन् ।

सिंचाइ कार्यालय सप्तरीका प्रमुख रामकुमार खंगले असार ३ गते २० करोड बजेट प्राप्त भएको बताए । ‘बजेट आउने निश्चित नै रहेकाले त्यस अगावै उपभोक्ता समिति गठन गरी काम थालिएको थियो’ उनले भने, ‘धमाधम काम भइरहेकाले असारको २६/२७ गते सम्म काम सम्पन्न भइसक्ने छ ।’

कामको मूल्यांकन र आवश्यक कागजात तयार गर्न आफू समेत प्राविधिकहरु स्थलगत रुपमा खटिरहेको उनले बताए । एकमुष्ट २० करोड रकम थप आउने जानकारी अर्थमन्त्रालयले गराए लगतै काम सुरु भइसकेको उनले दाबी गरे ।कार्यालय प्रमुख खंगले सबै काम उपभोक्ता समिति मार्फत नै भइरहेको बताए ।

‘असार महिनामा टेण्डर प्रक्रियाबाट काम गर्न संभव छैन्’ उनले भने, १ करोड सम्मको उपभोक्ता समिति बनाएर काम भइरहेको छ । यस प्रकारको काम गर्न मन्त्रालयको सहमति नचाहिने उनले दाबी गरे ।मन्त्रालयको सहमतिमा नै अर्थ मन्त्रालयले बजेट पठाएको उल्लेख गर्दै खंगले भने, मूल्यांकन भएर मात्र भुक्तानी हुनेछ ।’

स्रोतहरुका अनुसार मन्त्री साहले गत वर्ष कृषि मन्त्री हुँदा असार महिनामा उनले फूल खेती लगायतको शीर्षकमा करोडौ रुपैया कामै नगरी हजम गरेका थिए । हालपनि त्यसैगरी सिंचाइको नाममा २० करोड हजम गर्न लागेको स्थानीयहरुको कथन छ ।

साहले बजेट दिने र शम्भु झाले कागजात मिलाएर रकम कुमल्याउने धन्धा चार वर्षदेखि चल्दै आएको छ ।मधेश प्रदेश सरकारको कृषि मन्त्रालयबाट हाल सम्म सर्वाधिक बजेट सप्तरी जिल्लामा गएको छ । तर त्यो रकमले मन्त्री साह र उनका मतियार झा मोटाए पनि किसानको अवस्थामा कुनै परिवर्तन आएको छैन् ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयको नामबाट सिंचाइका लागि सप्तरीमा मात्र २० करोड गएको छ ।अन्य जिल्लाहरुमा अर्थ मन्त्रालयले सिंचाइमा सुको थपेको छैन् । नभएको काम नदीले बगाएको कागजात तयार गरी प्राविधिकहरु बिल बनाउन सक्रिय छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक दासले सप्तरीमा गएको बजेट रकमबारे अनभिज्ञता प्रकट गर्दै कामका लागि मन्त्रालयबाट कुनै प्रकारको सहमति नगएको बताए ।

‘आठवटै जिल्लाबाट आएको माग बमोजिमको सिफारिस मन्त्रालयबाट अर्थमन्त्रालयमा पठाइएको हो’ उनले भने, ‘तर कुन जिल्लामा कति बजेट गए नगएको जानकारी प्राप्त भएको छैन् ।’ सप्तरी जिल्लामा गएको बजेट खर्च गर्न योजना टुक्रयाउने लगायत कुनै प्रकारको सहमति मन्त्रालयबाट नगएको उनले बताए । अन्य जिल्लामा ठेक्का भएर बाँकी रहेका बजेट खर्चका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले सहमति दिएको छैन् ।

मन्त्रालयले सहमति नदिएकै कारण महोत्तरी जिल्लामा अढाई करोड रुपैया फ्रिज हुन लागेको स्रोतले जनाए । यस सम्बन्धमा अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरसँग सम्पर्क गर्ने प्रयासगर्दा उनको मोबाइलको स्वीच अफ रहेको थियो । मधेश प्रदेशमा बाढीबाट सर्वाधिक प्रभावित जिल्लाहरु मध्ये रौतहट, सप्तरी, महोत्तरी र सर्लाही रहेका छन् । तर थप बजेट अर्थ मन्त्रालयले सप्तरीमा मात्र पठाएको छ ।

असार ३ गते गएको बजेट खर्च भएको कागजातहरु शम्भु झाले कार्यालय प्रमुख खंगसँगै मिलोमतो गरी पहिले नै तयार गरिसकेको बताइन्छ । सप्तरी जिल्लाको विभिन्न योजनाहरुको नाममा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएका अर्थमन्त्री साह र झाको कारण स्थानीय निकायको चुनावमा साहको प्रदेश सभा निर्वाचन क्षेत्रमा एउटै पालिका जित्न नसकेको जनता समाजवादी पार्टी (जसपा)का जिल्ला नेताहरुको आरोप छ ।

मन्त्री साहले असार १ गते बजेट भाषण गरे पनि हाल सम्म बजेट पुस्तिका (रेड बुक) प्रदेश सभामा उपलब्ध गराएइएको छैन् । मन्त्री साह सप्तरी जिल्लामा पठाएको बजेट कागजमा मिलाउन सक्रिय रहेकाले प्रदेश सभाको बैठक चल्न सकेको छैन् । असार १ गते स्थगित भएको प्रदेश सभाको बैठक २० गते बोलाइएको छ । – जनकपुर टुडे

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब