भिलेन बन्न चाहन्थे रणवीर

  • असार १९, २०७९ | १,१८८ पटक पढिएको | सीमा संदेश
alt

बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन् । यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन् । रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को चरित्रमा पनि अभिनय गर्न चाहन्थे । ‘म यस्तो छवि बनाउन चाहन्छु कि आमाले बच्चालाई भनुन् कि तिमी सुत । नत्र रणवीर आउनेछन्’, उनी भन्छन् ।

उनले फिल्म ‘शमशेरा’को भिडियो सार्वजनिक गर्दै यो कुरा बताएका हुन् ।  भिडियोमा उनले क्लासिक भिलेनलाई सम्झिएका छन् । ‘राम्रो र नराम्रोको लडाईंमा जहिल्यै जित राम्रोकै हुन्छ । तर, जो हारेर पनि मान्छेको मन जित्छ, उसलाई बाजिगर नभई भिलेन भनिन्छ ।

हिरो र भिलेनमा हामी हिरोको पक्ष लिन्छौं । तर,  हिरोलाई आफ्नो हिरोगिरी देखाउन भिलेन छैन भने त्यस्तो हिरो कस्तो होला ? हामी हिन्दी फिल्मका क्लासिक हिरोको जति सम्झना गर्छौँ केही फिल्ममा त भिलेनले हिरोलाई पछाडि छोडेका छन्’, रणवीर भन्छन् ।

उनले ‘शोले’को गब्बर सिंह, ‘मिस्टर इण्डिया’को मोगेम्बो, ‘अग्निपथ’को काँचाचीनालाई सम्झिएका छन् । बाल्यकालदेखि नै यी भिलेन आफूलाई प्रिय लाग्ने गरेको उनले उल्लेख गरेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब