श्रीलंकाका प्रधानमन्त्रीकै घरमा आन्दोलनकारीले आगो लगाए

  • असार २६, २०७९ | ४०५ पटक पढिएको | सीमा संदेश
alt

बीबीसी । गम्भीर आर्थिक संकटको भूमरीमा परेको श्रीलंकामा सर्वसाधारणको आक्रोश विस्फोट भएको छ ।

करिब ६ महिनादेखि गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा शनिबार दिउँसो प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए ।

शनिबार दिउँसो राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले त्यहाँ प्रधानमन्त्री रणिल विक्रमासिंगेको निवासमा शनिबार राति आगजनी गरेका छन् । प्रदर्शनकारीले गरेको आगजनीको भिडिओ केही बेरअघि सामाजिक सञ्जालमा आएसँगै भाइरल भएका छन् ।

शनिबार दिउँसो मात्रै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गर्नुअघि नै राष्ट्रपति गोटबया राजापाक्ष भागिसकेका छन् ।

‘प्रदर्शनकारीले सुरक्षाकर्मीको घेराबन्दी तोड्दै प्रधानमन्त्री विक्रमासिंगेको निवास कब्जा गरेर आगजनी गरेका छन्’, त्यहाँको प्रधानमन्त्रीको कार्यालयले भनेको छ ।

त्यसैगरी प्रदर्शनकारीले प्रधानमन्त्री विक्रमासिंगेले प्रयोग गर्दै आएका सरकारी तथा निजी गाडीमा पनि तोडफोड र आगजनी गरेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब