सिरहा, २८ असार । सिरहा नगरपालिका मेयर नविन कुमार यादबले नगरपालिका भित्र दर्ता नगराई संचालनमा रहेका विद्यालय बन्द गर्न निर्देशन गरको छ । मंगलवार प्यापसन र अनप्यापसनले मेयर यादब समक्ष ६ वटा विद्यालयको नाम सहितको विज्ञप्ती जारी गरेपछि मेयर एक्सनमा आई बन्द गर्ने निर्देशन गरेको हो ।
असक्षम व्यक्तिहरुले दर्ता नै नगरी विद्यालय संचालन गरको छन, जसले गर्दा अभिभावकको शिक्षामा लगानी बर्वाद मात्र भएको छैन कि सरारी राजश्व समेत चुहावट भैरहेको छ । यसले गर्दा सिरहामा नीजि विद्यालयहरु बिच अस्वास्थ्य प्रतिपस्र्धा समेत भईरहेको छ । तसर्थ सिरहा नगरपालिकाको तर्फबाट त्यस्ता गैरकानुनी रुपमा संचालित विद्यालय अभिलम्ब बन्द गर्नु पर्ने माग सहित विद्यालय छाता संगठन नगर कमिटि सिरहाको तर्फबाट लाल बाबु यादबले प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुखको ध्यान आकर्षण गराएका छन् ।
विज्ञप्ती अनुसार सिरहामा गैरकानुनी दर्ता नगराई अभिभावक र विद्यार्थिहरुलाई छली ठगी गरिहेका विद्यालयहरुमा वि.डी. इगंलिस बोडिंग स्कुल सिरहा १, किड्स केयर स्कुल सिरहा ७, ओम एजुकेशनल एकेडमी सिरहा २२, जय दुर्गा इगंलिस बोडिंग स्कुल सिरहा २१ र न्यू लाईफ इंगलिस बोडिंग स्कुल सिरहा १८ रहेका छन् ।
कनून विपरित दर्ता नगराई अभिभावक तथा विद्यार्थीहरुका भविष्यसँग खेलवाड गरिरहेका यि विद्यालयहरुलाई अभिलम्ब बन्द गर्न शिक्षा शाखालाई मेयर यादबले निर्देशन गर्नु भयो । यदि क्षतिपूर्तिका लागि अभिभावक तथा विद्यार्थिले माग गरे ढाटेको र छलेको कसूरलाई मध्य नजर गर्दै सम्बन्धी विद्यालयबाट क्षतिपूर्ति पनि दिलाउने प्रतिवद्धता पनि मेयर यादबले गर्नु भयो ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved