सिरहा, ३२ असार । सिरहा नगरपालिकामा पाँच वर्ष गठबन्धन टिकाउन गठबन्धनमा रहेका जनप्रतिनिधिहरुले सप्तरीको कांकालनी मन्दिरमा कसम खाएका छन् ।
सिरहा नगरपालिकामा जितेका नेकपा एस, नेपाली कांग्रेस, जसपा र स्वतन्त्र बिच गठबन्धन रहेका छन् । नगरपालिकामा कुनै पनि किसिमका विषय आए र देशमा हुने राजनीतिक परिवर्तनका लागि आ– आफ्ना पार्टिलाई सहयोग गरेपनि पालिकाका गठबन्धन नतोडने प्रतिवद्धताका साथ कसम खाएका हुन ।
नगरपालिका भित्र भईरहेको भ्रष्टाचारलाई गठबन्धनले विरुद्ध गर्ने र मनोमानी ढंगबाट पालिका संचालन गरे विरुद्ध गर्ने मुल एजेन्ड रहने एक वाडाअध्यक्षले जानकारी दिनु भयो । नगरपालिकामा मेयरको अहंकारी शौली र निरंकुश शासन संचालनमा लागेको मेयरलाई पनि लोकतान्त्रिक पद्धतीमा ल्याउने कार्य गठबन्धनले गर्ने छन् ।
नेपाली जनताले विभिन्न आन्दोलन गरी सहादतपछि लोकतान्त्रिक गणतन्त्र आएको हो । यसको विरुद्धमा लागेको सिरहा नगरपालिकाको मेयरको निरंकुशता विरुद्ध जनतालाई जागरुक गरी सबभन्दा नजिकको सरकारलाई निरंकुशबाट बचाउन गठबन्धनले जेसुकै कदम चालन तयार रहेका छन् । अब गठबन्धन थप मजबुत भएको छ । लोकतात्रिक शासन व्यवस्था माथि आक्रमण गर्नेलाई जनताका शासन स्वीकार्य गराई छाडने गठबन्धनका वाडा नं. ६ का वाडाअध्यक्ष इन्द्रजित यादबले बताउनु भयो ।
गठबन्धनमा नेकपा एसका ५, नेपाली कांग्रेसका ४, जसपाका ४, नेकपा माऔवादीका १ र स्वतन्त्र १ गरी कुल १५ जना वाडाअध्यक्षहरु बिच गठबन्धन भएका छन् ।
यता बैशाख ३० मा सम्पन भएको स्थानीय तहको निर्वाचन को दुई महिना वितेपनि स्थानीय संचालन ऐन २०७४ लाई वास्त नै नगरी अहिले सम्म नगर सभा नगरी विभिन्न मिडिया र बोलीको भरमा क्रान्ति तथा कसम वादमा लिप्त रहेका जनप्रतिनिधिहरु प्रति नगरवासी आक्रोसित देखिएका छन् । जनताका विभिन्न समस्या सामाधानका लािग मत दिईएका जनताले आजको दिनमा पालिकाका जनप्रतिनिधिहरुले आफू खुशी गरिरहेको कार्यका कारण जनता चिन्तित भईरहेका छन् । जनताका समस्या प्रति जनप्रतिनिधिहरु जिमेवार नभए पालिकाका काम काजलाई बाँधक बनाई बोलीका क्रान्ति गरे र आफ्ना स्वर्थ पुरा गर्न गठब्रन्धनमा तलिन रहे जनप्रतिनिधिहरु विरुद्ध आन्दोलन गर्ने नागरिक समाज तथा वुद्धिजिविहरुले खुलेर बोल्न थालेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved