पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो!

  • साउन २, २०७९ | ६६६ पटक पढिएको | सीमा संदेश
alt

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्।

पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।

गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पुर्‍याएको जानकारी दिए।

‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो, त्यसपछि समस्या समाधान हुन्थ्यो अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन् त्यसैले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगिएको हो,’ उनले सेतोपाटीसँग भने। किसानले आफूहरूलाई बाँधेर मन्दिर लगेपछि मन्दिरमा पूजा अर्चना गरेको बताए।

स्वच्छ मनले पूजा अर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य भइ भगवान खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाई छ।

‘जब असार महिनामा लामो समय पानी पर्दैन, तब स्थानीयले अगुवालाई बाँधेर मन्दिर लगेर हिलो छ्याप्ने र उनीहरूले मन्दिरमा पूजा गर्ने प्रचलन छ’, अध्यक्ष चौधरीले भने।

चौधरीका अनुसार तीन दिनसम्म पूजा अर्चना गरि अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिने विश्वास छ। 

अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको चौधरीले बताए।

२१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ। मल नपाएका किसान यति बेला थप पीडामा छन्।

असारको पहिलो साताबाटै रोपाई सुरू गरेका किसान आकासे पानीको भर पर्दा र वैकल्पिक सिचाईँको व्यवस्था नहुँदा रोपो सुक्न थालेको छ। यस वर्ष धान उत्पादनमा कमि आउने र लगानी पनि नउठ्नेहो भन्ने कुराले किसान चिन्तित छन्।

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले प्रतिहेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस वर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको जानकारी दिए। सेतोपाटी

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब