सिरहा । सिरहा नगरपालिका भित्र कार्य गरिरहेका करार कर्मचारीलाई कार्यपालिका बैठकको निर्णय बिना नहटाउन गठबन्धनमा रहेका वाडाअध्यक्षहरुले माग गरेका छन् । पदिय दायित्व र मर्यादालाई समेत ख्याल नै नगरी गैर जिम्मेवार र मनपरी ढङ्गले करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने मौखिक आदेश जारी गरको कारण गठबन्धनमा रहेका वाडाअध्यक्षहरुका ध्यान आकर्षण भएका छन् ।
कर्मचारी विहीनको अवस्थामा नगरपालिका कसरी संचालन हुने भने विषयमा कुनै छलफल नगरी एकलौटी रुपमा स्थानीय संचालन ऐन, २०७४ को व्यवस्थालाई उलंघन गदै कार्यपलिकाको बैठक नवसी गरिएको निर्णय कार्यन्वयन नगर्न गराउन भनी प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबलाई गठबन्धनका संयोजक उमेश प्रसाद यादब सहितका सदस्याहरुले ज्ञापन पत्र बुझाएका छन् ।
नगरपालिकाबाट संचालन हुने जेसिवि, ट्रयाक्टर र अन्य सवारी साधन के कसरी संचालन भइरहेको र हालै खरिद गरी वितरण गरिएको ग्राभेल माटो नगरपालिकाको कुन स्रोतबाट खरिद गरिएको हो र नगरपालिका भित्र मौजदातमा रहेका जिन्सी र सो लगायत अन्य विषयहरुमा पारदर्शी गर्न पनि ज्ञापन पत्रद्धारा माग गरेका छन् । हाम्रा माग संबोधनका विषयमा नगरप्रमुख गम्भिर नभइ माग पुरा नगरे सोबाट उत्पन हुने अवस्थाको जिम्मेवारी स्वयं नगरप्रमुख हुने पनि चेतावनी दिइएका छन् ।
ज्ञापन पत्रमा नगरप्रमुखसँग जोडी प्रमुख प्रशासकीय अधिकृतलाई हेर्ने विषय प्रति प्रमुख प्रशासकीय अधिकृत यादबले आपति जनाएका छन् । यि यस्ता शव्दहरु प्रयोग नगर्न नगराउन पनि अनुरोध गर्नु भयो। प्रमुख प्रशासकीय अधिकृत सरकारको सचिव हुन्छ । त्यसैले नगरप्रमुखले आदेश गरेमा मात्र बैठक बोलाउन सकिन्छ । आफ्नै मानले बैठक बोलाउने कार्य प्रमुख प्रशासकीय अधिकृतले गर्दैन्न । प्रमुखले मेयरको आदेश अनुसार कानून सम्बध कार्य गर्ने हो । जनप्रनिधिहरुका बिचमा कर्मचारीलाई नजोडन यादबले अनुरोध गर्नु भयो ।
सिरहा नगरपालिका भित्र गठबन्धनमा १५ वटा वाडाअध्यक्ष र ८ वटै कार्यपालिका सदस्य लगायत कुल २३ जना रहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved