सिरहामा एकै दिनमा दुई जनाको शव भेटियो

  • साउन ७, २०७९ | ६३२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ७ साउन। सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ।

हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए।
आज विहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालेपछि शव देखिएपनि कसको हो भन्ने अझै खुलिनसकेको प्रहरीको भनाई छ।

प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरेपनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भईरहेको छ।
इनाकारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाई छ।

त्यस्तै विष्णुपुर गाउँपालिकामा एक महिलाको शव कटनियाँ नदीमा वेवारीस अवस्थामा भेटको छ । प्रहरी घटना स्थालमा पुगेको छ भने पूर्ण जनाकारी आउन बाँकी रहेको छ ।     

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

jk

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब