इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

  • साउन १२, २०७९ | ६१६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् ।

संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ ।

इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

आफ्नो प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न धर्मगुरु सदर तयार नभएपछि त्यहाँ नयाँ सरकार बन्न सकेको छैन ।

प्रदर्शनकारी संसद भवनमा प्रवेश गर्ने बेला सांसदहरु भने थिएनन् । त्यहाँ प्रदर्शनकारीहरुले क्षति पुर्‍याए-नपुर्‍याएको भने खुलेको छैन ।

प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरुलाई संसद भवन छाड्न आग्रह गरेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब